कोरोनाको त्रासः भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए

काठमाडौं, असार ७ । विश्वमा फैलीएको कोरोनाले विभन्न मुलुकमा डर त्रास फैलीएको छ । कोरोनाकै कारण विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्य जारी छ ।

यसैबीच कामको शिलसिलामा भारत गएकाहरु आउने क्रम अहिले पनि केहि कम भएको छ । यता कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ ।

कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।

सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए ।

“शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार÷पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उनको अनुमान छ । पछिल्लो समय कोरोनाका बिरामी दिनानुदिन बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्