बढ्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमित, शनिबार थपिए ८ जना

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका ७ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित पुष्टि हुन थालेको छ । हिजो ९शुक्रबार० काठमाडौं उपत्यकामा तीन जना संक्रमित भेटिएका थिए भने बिहीबार ६ जना संक्रमित भेटिएका थिए ।

शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्