बिहानै थपिए गण्डकी प्रदेशमा ७७ संक्रमित, मनाङमा पनि पुग्यो कोरोना !
काठमाडौं , असार ४ । गण्डकी प्रदेशमा आज बिहानमात्रै ७७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले बिहान फरक(फरक समयमा गरी तीन पटक विवरण सार्वजनिक गर्दै ४२, ५ र ३० जनाको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा आज बिहानमात्रै थप ७७ जनामा कोरोना देखिएको हो । पछिल्लो विवरण नवलपरासी ९वर्दाघाट सुस्ता पूर्व० १३ जना, स्याङजामा ९, पर्वतमा ४, तनहुँमा ३ र बाग्लुङमा १ जना गरी ३० जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । ७७ नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक ५७ वर्षीय कर्मचारीमा संक्रमण देखिएको हो । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा-१४ हो ।
प्रतिक्रिया दिनुहोस्