चीनले भन्‍यो- चीन जिम्मेवार छैन, भारतले प्रोटोकल उल्लंघन गरेकाले झडप भयो

काठमाडा्रं, असार ३ । चीनले गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा आफू जिम्मवार नभएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने, गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मावार मान्‍न सकिँदैन ।

गलवान भ्यालीको सम्प्रभुता सधैं चीनसँग रहनेसमेत प्रवक्ता लिजियानले बताएका छन् । उनले भने, ूभारतीय सैनिकले बोर्डर पोर्टोकल र दुवै मुलुकको कमान्डरस्तरको संवादमा भएको सहमतिकोसमेत उल्लंघन गरेका छन् ।

उनले सीमा क्षेत्रमा भारतसँग थप संघर्ष नचाहेकोसमेत बताएका छन् । उनले थपे, दुवै मुलुकबीच वर्तमान समस्यालाई समाधान गर्नका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत् संवाद भइरहेको छ ।

सोमबार राति गलवान भ्यालीमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ । चीनतर्फ ४३ जना हताहत भएको भारतीय सञ्‍चारमाध्यमले जनाए पनि चीनले यस विषयमा केही खुलाएको छैन ।-ग्लोबल टाइम्स र एएनआईको सहयोगमा

प्रतिक्रिया दिनुहोस्