धनुषामा टाटासुमो दुर्घटना : ६ जनाको मृत्यु , ४ घाइते

काठमाडौं । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ५ बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन्।

मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताउनुभयो । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताउनुभयो ।

चार जना घाइते छन् । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको एसपी सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्