नेपालमा थप दुई जना संक्रमितको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काठमाडौं, जेठ ३१ । नेपालमा थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार पुष्टि गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्