नेपालमा थप एक जना संक्रमितको मृत्यु , ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाडौं, जेठ ३० । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं। २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका(१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष र भरतपुर नगरपालिका(११ बस्ने ६८ पुरुष गरी १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्