नेपालका ७२ जिल्लामा फैलियो कोरोना , ५ जिल्ला मात्रै सुरक्षीत

काठमाडौं, जेठ २७ । नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ५ जिल्ला मात्र सुरक्षित रहेका छन् ।मंगलबार इलाममा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ५ जिल्लामा मात्र कोरोना नफैलिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ९मंगलबार० दिएको जानकारी अनुसार इलामका एक जना पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को ओखलढुंगामा कोरोना संक्रमण देखिएको छैन । प्रदेश नम्बर १ का अन्य १३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण देखिएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पनि संक्रमण देखिएको छैन ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा संक्रमण पुष्टि हुँदा मनाङ र मुस्ताङ अहिलेसम्म संक्रमित देखिएको छैन ।यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा पनि कोरोना संक्रमण देखिएको छैन ।

यस्तै प्रदेश नम्बर २ का सबै ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै सुदुरपश्चिमका सबै ९ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्