पर्यटकीयनगरी सराङकोटमा गाँजा फडानी

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज ठुलो परिमाणमा गाँजा फडानी गरिएको छ ।

मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त रुपमा बिहानै क्यनचोक र भकुण्डेका घरघरमा पुगेर बारीमा भएको राखेको गाँजा फडानी गरी नष्ट गरेको हो ।

पोखराको पर्यटकीय नगरीलाई गाँजा, मादक पदार्थलगायतका विभिन्न कुलतबाट समाजलाई जोगाउन शुरु गरिएको अभियानमा सबै पक्षबाट सहयोग प्राप्त भएको मिलन आमा समूहका अध्यक्ष मीना थापाले दिइन ।

प्रहरी चौकी पामेका प्रमुख डिलबहादुर भण्डारीका अनुसार संयुक्त टोलीले सो क्षेत्रका पामेगैरी, सेदीवगर, डाँडाखेल, भकुण्डेलगायतका विभिन्न स्थानबाट सयौ क्विन्टल गाँजा नष्ट गरिएको जानकारी दिँदै निकट भविष्यमा पोलेनपा २४ को कमवानपुरमा पनि गाँजा फडानी गरिने बताउनुभयो ।

कास्कीका पाँचवटै स्थानीय निकायमा पछिल्लो समय प्रहरी र स्थानीय बासिन्दाको पहलमा गाँजा फडानी, जुवातास नियन्त्रणमा सामूहिक प्रयास प्रभावकारी बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्