स्याङ्जाका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

काठमाडौं । स्याङ्जाका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिज्ञप्ति निकाल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा वालिङका संक्रमित व्यक्तिको मृत्यु भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्