अहिलेसम्म यी ७ वटा जिल्ला छुन सकेन कोरोनाले , कुन कुन परे ?

काठमाण्डौ , जेठ २५ । भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ । ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् । प्रदेश २ का सबै आठवटै जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवामा मात्र संक्रमण देखिएको छैन ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा कोरोना संक्रमण देखिएको छैन । प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पा बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन् । सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्