अबको पाँच वर्ष बामपन्थीहरुका लागि अवसरको साथै चुनौति पनिः अध्यक्ष प्रचण्ड

काठमाडौं । रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसरको साथै चुनौति पनि भएको बताएका छन् ।

प्रचण्डले भने, ‘जनताले बामपन्थीहरुलाई विश्वास गरेका गरेर कम्युनिष्टहरुको बहुमत आएको छ । यो राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो । जनताले कम्युनिष्टसंग ठूलठूला अपेक्षा गरेका छन् । राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर आउने छ । सक्छौ कि सक्दैनौं, यो हाम्रा लागि चुनौति पनि हो भने विकास र सुशासनको विकल्प छैन, हामीले सक्नैपर्दछ ।‘ देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिको नयाँ युगतिर हामी जानै पर्दछ’ बताउँदै ,‘जलविद्युत र पर्यटन विकासमा हामीले जोड गर्नुपर्दछ ।’

अध्यक्ष प्रचण्डले अहिले तोकिएका प्रदेशका केन्द्र अस्थायी भएको भन्दै प्रदेशका राजधानी नभएको बताए । उनले प्रदेशको राजधानी तोक्ने अधिकार प्रादेशिक संसदलाई मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्