लकडाउनकै बेला घुस : तीन लाखसहित वडाध्यक्ष रंगेहात पक्राउ

काठमाडौं, जेठ २७ । तीन लाख रकम घुससहित पाल्पामा एक वडा अध्यक्ष पक्राउ परेका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको हो।

शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग तीन लाख घुस लिने क्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी सुरेश भुसालले काठको काम गर्ने एक व्यवसायीसँग काठ लिलाममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

अख्तियारको टोलीले पुनसँगै तीन लाख रकम पनि बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्