रिलायन्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स फाइनान्सले १० बराबर ४ दशमलव ५ कित्ता अनुपातमा २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद मंसिर २२ गतेदेखि खुला हकप्रद भर्ने आज अन्तिम दिन हो ।

५१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। हकप्रदपछि गत आर्थिक बर्षको नाफाबाट ६ करोड रुपैयाँको बोनस वितरण गर्दा फाईनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्