एनएमबि बैंक र मेडिसिटि अस्पतालबिच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल मेडिसिटि अस्पतालमा उपचार गराइँदा विशेष परामर्श साथै अस्पतालको विभिन्न छुट सहितको सुविधा व्यवस्थ गर्ने सम्झौता गरको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ठ रुपमा आफ्नो पहिचान बनाउँदै आएको एनएमबि बैंक लि.ले आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागि नेपालको अध्याधुनिक सेवा सुविधा सहित स्थापति भएको नेपाल मेडिसिटि अस्पतालमा उपचार गराइँदा विशेष परामर्श साथै अस्पतालको विभिन्न छुट सहितको सुविधा व्यवस्थ गर्ने सम्झौता गरेको हो ।
बिहिबार बैंक र अस्तपतालबिच एक समारोहको आयोजना गर्दै बैंकका कर्मचारी तथा ग्राहकलाई मेडिसिटि अपतालमा उपचार गराइँदा विशेष परामर्शका साथै उपचार गर्दा अस्पतालको विभिन्न छुट सहितको सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसि. र अस्पतालका अध्यक्ष उपेन्द्र महतोको संयुक्त रुपमा भएको उक्त सम्झौतामा बैंको भिसा डेविट कार्ड तथा एनएमबि बैंकको क्रेडित कार्डको प्रयोग गरि अस्ततालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण, तथा अनुभवी चिकित्सकको उपचार सहित विभिन्न सेवा सुविधाहरुमा विशेष छुटको व्यवस्था गरेका छन् ।
आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अतिरिक्त सेवा सुविधाहरु उपलब्ध गराउने उद्वेश्यले विगत देखि नै यस्ता सुविधाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ । यो सम्झौता एक वर्षका लागि गरिएको हो । यो सम्झौताले ग्राहक तथा कर्मचारीलाई अधिकतम फाईदा हुनेछ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसि. र अस्पतालका अध्यक्ष उपेन्द्र महतोले यस सम्झौताले बैंक तथा अस्पताल दुवैको गरिमा बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्