बैतडीको क्वारेन्टिनमा एक युवतीको मृत्यु

काठमाडौं, जेठ २० ।बैतडीको क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका(४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो ।

उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए ।१८ गते क्वारेन्टाइनमा आएका थिए,’ उनले भने, ‘हिजो राति करिब २ बजे एक्कासी मृत्यु भएको हो ।’

उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् । मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । नियमित औषधि सेवन नगर्दा मृत्यु भएको अनुमान गरिए पनि मृत्युको कारण त्यही हो भन्न नसकिने भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्