ज्योति लाइफको ६६ करोड बराबरको आईपीओ पारित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको प्रथम वार्षिक साधारणसभाले ६६ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधवार कम्पनी रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न सभाले सर्वसाधारणका लागि छुट्ट्याइएको ६६ करोड बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । साथै, संस्थापक समूहबाट चार जना सञ्चालकको चयन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
त्यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन, आव २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणसमेत पारित गरेको छ ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्ये संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्