नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं, जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाजुरा जिल्ला आस्पतालको आइसोलेसनमा राखिएको २ वर्ष बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । शुक्रबार मृतक बालिकाको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो।

ति बालकको आइतबार बिहान ६ बजे आइसोलेसनमै निधन भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले जानकारी दिए। ‘शुक्रबार नमुना संकलनका लागि पठाएको थियो’, अवस्थीले भने, ‘आइतबार रिर्पोट पोजेटिभ आएको छ।’

अवस्थीका अनुसार मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ भने बुवामा संक्रमण देखिएको छैन।

आठ दिन अघी उनी बुवाआमासँग भारतबाट आएर क्वारेन्टाइनमा रहेकी थिइन्। उनीहरू बुढिगंगा नगरपालिको क्वारेन्टाइनमा राखिएको थियो।

उक्त बालिकामा पखाला, ज्वारो र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्