सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पुर्‍याउन आवश्यक तयारी अघि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइएको छ ।

बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरूलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ ।

समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरू रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने सुझाव दिए।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्