१३ जनाले जिते कोरोना , निको हुनेको संख्या २१९ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा शनिबारसम्म कोरोनाभाइरस जितेर घर फर्किने संख्या २१९ पुगेको छ।

शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए ।

यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् ।

यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्