क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ । दैलेखको क्वारेन्टिनमा बसेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ।

दैलेखको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्लाको दुल्लु नगरपालिकास्थित क्वारेन्टिनमा ३५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजेतिर मृत्यु भएको हो।

उनको स्वाब शुक्रबार नै संकलन गरिएको र रिपोर्ट आउन बाँकी रहेको दैलेख स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्