थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं ,जेठ १५ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ। भारतबाट नेपालीहरु धमाधम आउन थालेपछि जपन जोखीम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्