नेपालमा कोरोना संक्रमित बढ्दै, संख्या ८८६ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरस दिनानुदिन बढ्दै जान थालेको छ । पछिल्लो समय भारतबाट नेपाल आएकाहरुमा संक्रमण देखिन थालेको हो । सिमानाबा बाट परिक्षण नै नष्रि पालीकामा पठाउने गरिएको छ । यसैले पनि जोखिम बढेको हो ।

आज मात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ८८६ पुगेको जानकारी दिएका हुन् ।

हालसम्म १८३ जना निको भएर घर फर्किएका छन् । जसमा १४२ पुरुष र ४१ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्