झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन् । पछिल्लो समय कोरोनाका बिरामी धमाधम फेला परिरहेका छन् । रोजगारीको शिलसिलामा भारत गएकाहरु फर्कने क्रम बढेपछि झनै संक्रमणको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्