निर्वाचन आयोगले आज थप छलफल गर्दै – निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज थप छलफल गर्दैछ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्। यसैबिच आसन्न राष्ट्रिय सभा निर्वाचनकालागि भोलीदेखि आचारसंहिता लागुहुने भएको छ ।

निर्वाचन आयोगले २०७४ माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकालागि भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको हो ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आयोगबाट जारी भएको निर्वाचन आचार संहिता,२०७२ लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, नेपाल सरकारका सबै सुरक्षा निकाय लगायतमा लागु हुने छ ।

निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ती, सार्वजनीतिक पद धारणा गरेको व्यक्ती, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्ययम, ग्रैरसरकारी संस्था लगायतकालाई आचारसंहिता लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्