काठमाडौंमा १ सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, जेठ ११ । नेपालमा आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन्।
मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्