पहिलो पटक नुवाकोटमा पनि भेटियो कोरोना

काठमाडौं । नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले  जानकारी दिए ।

नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो ।ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो ।

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो ।

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो ।कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्