चीनका ३३ वटा कम्पनी कालोसूचीमा राख्यो अमेरिकाले

काठमाडौं, जेठ १० । अमेरिकाले चीनका ३३ वटा कम्पनी र संस्थाहरुलाई कालोसूचीमा राख्न थालेको छ । जुन कथित रूपमा चिनियाँ सेनासँग सम्बद्ध छ वा जसको मुस्लिम वेगर अल्पसंख्यकहरूको दमनमा सम्बन्धित छ ।

कोरोना भाइरस महामारीपछि दुवै देशहरूमा तनाव बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनको एक प्रयोगशालामा जन्म भएको भन्दै उनीहरूसँग यसको प्रमाण रहेको बताउँदै आएका छन् ।

अमेरिकी वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ,“ सात वटा कम्पनी र दुई संस्था सूचीमा राखिएको छ । जुन मानवअधिकार उल्लघनको लागि चिनियाँ अभियानसँग सम्बन्धित छ । जसअन्तर्गत ठूलो संख्यामा मानिसहरूलाई अनावश्यक रूपमा पक्राउ गरिएको छ।

तिनीहरूलाई बन्धु श्रम भुक्तान गरिन्छ र उनीहरूलाई उच्च टेक टेक्नोलोजीको मद्दतद्वारा अनुगमन गरिन्छ। ” मन्त्रालयले अर्को विज्ञप्तिमा दुई दर्जन अन्य कम्पनीहरु, सरकारी संस्था र व्यवसायिक संगठनहरु पनि चिनियाँ सेनालाई सामान आपूर्ति गर्ने गरेको कारण कालोसूचीमा राखिएको छ । कालोसूचीका यी कम्पनीहरू आर्टिफिशियल इंटेलिजेंस ९एआइ० जस्ता जस्ता प्रविधिको क्षेत्रमा काम गर्छन् । धेरै ठूला अमेरिकी कम्पनीहरूले यी क्षेत्रहरूमा ठूलो लगानी गरेका छन् ।

इंटेल कर्प र एनभिडिया कर्पसहित चीनको कालोसूचीमा रहेका कम्पनीहरूले नेटपोजाको नाम समावेस छ । जुन चीनका एक ठूला एआई कम्पनी जसको फेशियल रिकोग्रिसनमा काम गर्ने सहयोगी कम्पनीसंग मुसलमानहरुको अनुगमनमा संलग्न छ।

प्रतिक्रिया दिनुहोस्