कुन प्रदेशमा कति जना क्वारेन्टाइनमा ? कतिको परीक्षण ? यस्तो छ विवरण

काठमाडौं , जेठ १० । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । अहिले ३३ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन् ।
मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति जना क्वारेन्टाइनमा ?

सरकारले विदेशबाट आएका र कोरोना संक्रमणको आशंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै आएको छ । शनिबार देशैभरका विभिन्न क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेको जानकारी दिए । “प्रदेश १ मा १ हजार ४६१ जना र २ मा ६ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन्,” उनले भने “बागमती प्रदेशमा ५३५ जना रहेका छन् ।”

बम
बम
त्यसैगरी, मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७७९ जना, प्रदेश ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा १ हजार ६७० र सुदुरपश्चिम प्रदेशमा चार हजार १०२ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्