कोरोना जितेर २५ दिनपछि घर फर्कदै बाराका दुई संक्रमित , डिस्चार्ज गर्ने तयारी
काठमाडौं, जेठ १० । कोरोना जितेर बाराका दुई संक्रमित २५ दिनपछि घर जाने भएका छन् । संक्रमण पुष्टि भएको २५ दिनपछि अस्पतालबाट उनीहरु डिस्चार्ज हुन लागेका हुन्।
बाराको जीतपुरसिमरा ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ हरिहरपुरका ३१ वर्षीय पुरुष नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचाररत थिए। नारायणी उपक्षेत्रीय अस्पतालका डा। मनोज उपाध्यायले परीक्षणमा नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बताए ।
प्रकृया पूरा गर्न फाइल तयारी भइसकाले आजै डिस्चार्ज गरिने उनले बताए। उनीहरुसँगै पर्साका ४ जना, रौतहटका ३ जनालाई पनि आजै डिस्चार्ज गरिने उनले जानकारी दिए । दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्