थप ३६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं , जेठ १० । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।शनिबार मात्रै थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय नेपालमा दैनिक जसो कोरोनाका संक्रमीत ठुलै संख्यामा भेटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्