भारतमा कोरोनाबाट ३ हजार ७२० को मृत्यु

काठमाडौं , जेठ १० । । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३७ जनाको मृत्यु भएको थियो ।

शुक्रबार भारतमा ६ हजार ८८ कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको छ । भारतमा संक्रमित मध्ये ५१ हजार ७८३ निको भइसकेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्