सुदुरपश्चिममा थपिए ५ जना कोरोना संक्रमति , संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं, जेठ ९ । सुदुरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन,बैतडी एक र डडेल्धुराका एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी प्रयोगशाला मार्फत गएराति गरिएको परिक्षणमा पाँचै जनामा कोराना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार कैलाली जानकी गाउँपालिकाका तीनजना,डडेल्धुराको परशुराम नगरपालिकाका एक जना र बैतडी शिवनाथ गाउपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ भने ५ जनाले कोरोना जितिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्