अमेरिकामा पूर्व डाक्टर लरी नस्सारलाई १७५ वर्षको जेल सजाय, यौन दुव्र्यवहार गरेको पुष्टि

काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ ।

१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् ।

नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाई समेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ ।

५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।

न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन् । उनले पीडित महिलाको कुरा सुन्दा उनीहरुको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए ।

उनले नक्सार जेलभन्दा बाहिर राख्न लायक व्यक्ति नभएको समेत बताए । पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो ।

अन्तिममा नस्सारलाई पनि आफ्ना भनाई राख्ने मौका अदालतले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्