कोरोनाबाट संक्रमीत थप ४ जना मुक्त, निको हुनेको संख्या ४९ पुग्यो

काठमाडौं, जेठ ८ । कोरोना भाइरस संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना बिरामी आज डिस्चार्ज भएका छन्।

अस्पतालका निर्देशक डा।सागरराज भण्डारीका अनुसार लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। उक्त अस्पतालमा अब एक जना कोरोना संक्रमितको उपचार भइरहेको भण्डारीले बताए।

योसहित कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ४९ पुगेको छ। बिहीबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या ४४४ पुगेको छ। यीमध्ये तीनजनाको निधन भएको छ। निधन भएकमा बाँके, गुल्मी र सिन्धुपाल्चोकका १(१ जना छन्।

प्रतिक्रिया दिनुहोस्