थप ८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या ४५ पुग्यो

काठमाडौं, जेठ ७ । नेपालमा थप ८ जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । यससँगै नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या ४५ पुगेको छ ।

आज विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा जानकारी दिइएको छ ।

हालसम्म ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २३ हजार २ सय २ जना क्वारेन्टानइमा रहेका छन् भने २ जनाको मृत्य भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको यससँगै हालसम्म ३५ हजार ४ सय ९४ जनाको कोरोना भाइरसको पिसिआर परीक्षण भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्