३८ जिल्लामा फैलियो कोरोना, गुल्मीका संक्रमितको उपचार हुँदै, मृत्यु हल्ला मात्रै

काठमाडौं , जेठ ७ । नेपालका विभिन्न ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको अस्पतालले जनाएको छ । बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

“कोरोना संक्रमण देखिनेमा ३ वर्षदेखि ४८ वर्ष उमेरका रहेका छन् ।” कोरोना संक्रमितको संख्या पुरुष ३५८ जना र ६९ जना महिला गरेर ४२७ जना पुगेको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका संक्रमितबारे सञ्चारमाध्यममा विभिन्न समाचार आएपनि उनको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।यसअघि बिहान उनको मृत्यु भइसकेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्