कोरोना भाइरस :विश्वभर ३ लाख २५ हजारको मृत्यु, ५० लाख सङ्क्रमित

काठमाण्डौ ,जेठ ७ । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघेको छ । कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो ।

सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाको ज्यान गएको छ । यस्तै सङ्क्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।

कोरोना भाइरसबाट अमेरिकामा मात्रै १५ लाख ७० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्