एकैदिन थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं , जेठ ६ । काठमाडौँ उपत्यकामा ५ पाँचसहित देशभर २७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए।

थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

आज थपिएका झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौँ ३, भक्तुपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङमा१/१ जना संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

आजै कपिलवस्तुमा ४ र नवलपरासीमा १ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ।

जसमध्ये ३४० र ६२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्