ट्रक दुर्घटना , अलपत्र परेर घर फर्किरहेका ९ मजदुरको मृत्यु

काठमाडौं, जेठ ६ । भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने लकडाउनले अलपत्र परेर घर फर्किरहेका मजदूर थिए ।

दुर्घटनाबारेमा जानकारी दिँदै स्थानीय प्रहरीले भन्यो, ‘यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठोक्किँदा ट्रक पल्टियो । यो दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ को अम्भो चोक नजिक भएको हो ।’

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, ‘यी मजदुरहरु ६ दिनअघि कोलकता शहरबाट केही साइकलमा आफ्नो यात्रा सुरु गरेका थिए र बीच बाटोबाट यिनीहरु ट्रकमा आएका थिए ।’

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारको कटिहार जिल्ला गइरहेको ट्रकका ड्राइभर र सहयोगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतकको साथमा रहेको कागजातका आधारमा उनीहरु चम्पारण जिल्लाका थिए ।

प्रतिक्रिया दिनुहोस्