अर्घाखाँची कोरोनाको उच्च जोखिममा , सबै सिमा नाकाहरु सिल गरियो
काठमाडौं, जेठ ६ । जिल्लाका सिमा नाकाहरु सिल गरिएको छ ।
प्रदेश नम्बर ५ का जिल्लाहरुमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।
अर्घाखाँचीसंग सीमा जोडिएका गुल्मी र कपिलबस्तुमा कोरोना संक्रमित भेटिएपछि यो निर्णय गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्