भरतपुर अस्पतालको आईसीयूमा उपचाररत बिरामीको मृत्यु

काठमाडौं, जेठ ६ । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड( १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्