एकैदिन बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ५१ पुग्यो

काठमाडौं, जेठ ५ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्