सेनाले खरिद गरेको औषधि लिन आज वाइडबडी चीन जाँदै
काठमाडौं,जेठ ५ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाँदैछ।
साँझ ७ बजे वाइडबडी चीनको ग्वान्जाओ जाने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।वाइड बडी जहाजले १८ टनसम्म स्वास्थ्य सामग्री ल्याउने नेपाली सेनाले जनाएको छ। जहाजले पिपिई,पिसिआर किट्स,एन(९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउनेछ।
यसअघि पटक(पटक जाने तयारी गरेर पनि वाइडबडी जहाज जान सकेको थिएन।चीनको ग्वान्जाओ विमास्थलमा भएको व्यस्तताले गर्दा उडानको लागि ढिलो भएको सेनाले जनाएको छ।
सेनाले यसअघि नै दुइटा वाइडबडीमार्फत् र अरू स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिसकेको थियो।जहाजबाट ल्याउन ढिलो भएको कारणले सेनाले स्थलमार्गबाट १० ट्रक स्वास्थ्य सामग्री ल्याइसकेको छ।
२ सय ६५ क्युविक मिटरका १० वटा कन्टेनर शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुगेका हुन्।















प्रतिक्रिया दिनुहोस्