लक डाउनमा आर्थिक गतिविधि जारी राख्ने सरकारको निर्णय, यस्तो पर्यो प्रभाव

काठमाडौं , जेठ ५ । लक डाउनको समयमा पनि आर्थिक गतिविधि जारी रहने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले लक डाउनलाई केही कडाइ गरेको छ । लक डाउन कडाइमा पनि उद्योग व्यवसाय र निर्माण, कृषि, सामानको ढुवानीको काम जारी रहने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले बताए ।

उनले भने, ‘लकडाउनको समय थप भए पनि आर्थिक गतिविधि बढाउने कामलाई खुला गरिएको छ । लक डाउन र सामान्य जीवनलाई एकसाथ लैजानु पर्ने भएकाले आर्थिक क्रियाकलाप आवश्यक छ ।’ यस्तै क्वारेन्टिनमा बसेकालाई पनि सुरक्षित भएर काम गर्न दिने विषयमा मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए । यद्दपि, यस विषयमा निर्णय भएको छैन ।

लक डाउनको प्रभाव अर्थतन्त्रमा
सरकारले गरेको लक डाउनको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ । उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित भएको र आपूर्ति श्रृंखला प्रभावित भएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले २०७६(७७ मा आर्थिक वृद्धि २।२८५ हुने केन्द्रीय तथ्यांक विभागको अनुमान रहेको जनाएको छ । विगत ३ वर्षमा औसत ७।३५ आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धि निकैनै खुम्चिने अनुमान केन्द्रीय बैंकको छ ।

कोभिड–१९ को प्रभाव सुरु हुनुपूर्व ७५ को हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिन्छ । कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्यांक विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

चालु आर्थिक वर्षको फागुनको तुलनामा चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति बढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ । चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । निक्षेपको भारित औसत ब्याजदर सीमान्त घटेको छ भने कर्जाको ब्याजदर स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्