९५ हजारको कोरोना परीक्षण, २ सय ९२ को रिपोर्ट पोजेटिभ

काठमाडौं , जेठ ४ । गत २४ घण्टामा पिसीआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसीआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ गरी कूल ९५ हजार ९ सय २९ को परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्