कैलालीबाट  ब्राउनसुगरसहित दुई पक्राउ

काठमाडौं, जेठ ४ । लागूऔषध ब्राउन सुगरसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् ।

प्रहरीले धनगढी उपमहानगरपालिका–६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सुरजकै घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर भेट्टाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्