बारामा एक प्रहरी जवानलाई देखियो कोरोना संक्रमण

काठमाडौं , जेठ ३ । बारामा एक जना प्रहरी जवानमा कोरोनाको संक्रमण देखिएको छ । बारा प्रहरी कार्यलय कलैयामा कार्यरत प्रहरीमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाएका छन् ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि बीरगञ्जमा चेक गर्दा कोरोना देखिएको जनाइएको छ । कोरोना संक्रमण देखिएका प्रहरी जवानलाई अहिले आईसोलसनमा राखिएको जनाइएको छ । प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्