स्थानीय तहको विकासको निम्ती राजनीतिक स्वार्थ भन्दा माथी उठ्नु पर्छ : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौ । नेकपा एमालेका वरिष्ट नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको बिकास र सम्वृद्धिको लागि सवैलाई एक हुनुपर्ने वताउनुभएको छ ।
जिल्ला समन्वय समिति महासंघको आज आयोजना भएको राष्ट्रिय परिषद् बैठकको उद्घाटन समारोहमा वोल्दै पूर्वप्रधानमन्त्री नेपालले स्थानीय तहको विकासनै देश विकासको बलियो आधार भएकाले राजनीतिक भन्दा माथि उठेर विकासमुलक कार्यहरु गर्नुपर्नेमा सवै तह र तप्काका क्षेत्रहरु लाग्नुपर्ने वताए । उनले मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुुनुपर्ने बताउनुभयो त्यसैले स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न संवन्धीत निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई आग्रह गरे । नेपालले महासंघको राष्ट्रिय परिषद्को सफलताको कामना समेत ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा नेकपा (एमाले)का नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गरे । महासंघलाई सफलताको सुभकामना दिदै अझ बलियो र ससख्त भएर लाग्न आग्रह समेत गरे ।
नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एकै ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्ने धारण ब्यक्त गरे । उनले महासंघलाई सफलताको सुभकामना दिदै संस्थागत रुपमा वलियो भई काम गर्न आग्रह गर्दै यसको सहयोगको लागि आफु पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा श्याम भुर्तेल लगायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
यसै परिषद्को वैठकवाट महासंघको नाम, नयाँ नेतृत्व र विधान समेत संसोधन हुने प्रवक्ता जैसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्