सरकारको निर्णय : अब ६५ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो । यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनु पर्ने व्यवस्था थियो ।

२०५१ सालमा तत्कालीन मनमोहन अधिकारी सरकारले पहिलो पटक नेपालमा वृद्ध भत्ताको अवधारणा सहित भत्ता दिने घोषणा गरेको थियो। त्यसयताका सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्